धनगढीमा होटल सञ्चालकद्वारा कामदारमाथि कुटपिट, सञ्चालक पक्राउ

धनगढीमा एक होटलका सञ्चालकले कामदारमाथि कुटपिट गरेका छन्। धनगढीको चटकपुरमा रहेको स्वस्तिक होटलका सञ्चालक टेकवहादुर महतोले आफ्नै होटलमा काम गर्ने डडेल्धुराको भागेश्वर गाउँपालिका ५ का १५ बर्षिय किशोर लक्ष्मण ठकुराठीमाथि कुटपिट गरेका हुन्। कुटपिटमा संग्लन महतोलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको छ भने पीडित ठकुराठीको धनगढी स्थित सिपी अस्पतालमा उपचार भएको थियो।
पीडितले काम गरेको ज्याला माग्दा महतोले कुटपिट गरेको आरोप लगाउँदै आएका छन्। तर प्रहरीले भने होटलबाट मोवाईल चोरी भएकाले सामान्य कुटपिट भएको खवरका आधारमा पक्राउ गरेको जनाएको छ।




