सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा जिप दुर्घटना, १५ जना घाइते

२०८० फाल्गुन ९, १०:२३ खबर संवाददाता

अछामः अछाममा जिप दुर्घटना भएको छ। जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ५ स्थित आमरुख नजिक से १ झ ४२९ नम्बरको जिप आज बिहान दुर्घटनामा भएको हो।

प्रहरी चौकी सिउँडीका अनुसार सो दुर्घटनामा १५ जना घाइते भएका छन्। ती मध्ये तीन जनाको अवस्था गम्भिर रहेको बताइएको छ। लुंग्राबाट साँफेबगर जाने क्रममा जिप सडकबाट करिब तीन सय मिटर तल खसेको थियो। घाइते सबैलाई उपचारको लागि वयलपाटा अस्पताल लगिएको बताइएको छ। जिपमा विद्यार्थी समेत रहेका थिए। घटनाको थप विवरण आउन बाँकी रहेको छ।

कमेन्ट लोड गर्नुस