सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ 

२०८० फाल्गुन ९, ०७:५५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।

भीमदत्त नगरपालिका-९ ब्रह्मदेब बजार स्थित बिगमबरा होटेलबाट ९.१५ ग्राम लागूऔषधसहित बरेली रसोला तालिब हुसेईन महल्ला भारत बस्ने ३५ वर्षीय रहद अहमद मंगलवार साँझ पक्राउ परेका हुन्। अहमदलाई नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र ईलाका प्रहरी कार्यालय ब्रह्मदेब, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

यस्तै कृष्णपुर नगरपालिका-७ रेलडण्डि कलुवापुरबाट २१.६३ ग्राम लागुपदार्थ (चरेश) र ५० मिलिग्राम (खैरो हेरोईन)सहित सोही ठाउँ बस्ने ३० वर्षीय नरेन्द्र चुनारालाई मंगलवार साँझ प्रहरीले पक्राउ गरेको छ। चुनारालाई ईलाका प्रहरी कार्यालय रैकवार विचवा, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

चुनाराले आफ्नै घरमा संचालन गरेको मदिरा पसल भित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय रैकवार विचवाले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस