सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली मालपोतमा सेवाग्राहीलाई उस्तै सास्ती

२०७६ जेठ १, १०:५२

बिर बहादुर सिंह
धनगढी–जिल्ला मालपोत कार्यालय कैलालीमा सेवा लिदा खेप्दै आएको सास्ती कम नभएको सेवाग्राहीहरुले गुनासो गरेका छन्। सेवाग्राहीहरुले मालपोत कार्यालयमा सेवा लिदा हुने समस्या अझै कम नभएको बताएका हुन्। सबैभन्दा बढी भिडभाड हुने  मालापोत कार्यालयले छिटोछरिता सेवा प्रवाहमा ध्यान नदिदा सानो कामका लागि समेत घण्टौँ सम्म लाईनमा कुर्नुपर्ने बाध्यता कायमै रहेको धनगढीकी रमिता पन्तले बताईन्। 

‘सेवालाई चुस्त र दुरुस्त बनाउन भन्दै अनलाईन मार्फत कार्य सम्पादन गर्न सुरु गरिएपनि मालपोत कार्यालयमा हुने सास्ती कम भएको छैन्।’ उनले भनिन्। विगतमा पनि सेवाग्राहीको काममा गरिने ढिलासुस्तीले समस्या हुदै आएकोमा पटक–पटक प्रदेश सरकारका मन्त्रीहरुले गरेको अनुगमनपछि पनि सेवा सुधार नभएको हो। अर्कोतीर मालपोत कार्यालयमा विभिन्न बहानामा हुने असुलीको क्रम पनि नरोकिएको धनगढीकै अर्का सेवाग्राही विर बहादुर महताले बताए। 
‘एक दिनमा हुने काम पनि हप्तादिन सम्म लाग्ने गरेको छ। ’ उनले भने।

जिल्ला मालपोत कार्यालयले जिल्लाभित्रको जग्गा जमिन तथा घर आदिको स्वामित्व सम्बन्धि रेकर्ड राख्ने निकाय भए पनि भएकाले कर्मचारीको अभावले कार्यालयले छिटोछरितो सेवा प्रवाह गर्न नसकिएको बताउदै आएको छ। ४२ जनाको दरबन्दी रहेकोमा हाल १८ जना मात्रै कार्यरत रहेका छन् भने अनलाईन प्रणलीबाट सेवा दिन सुरु गरिएपनि कार्यालयले कम्प्युटरको अभाव देखाउदै आएको छ। मालपोत कार्यालय कैलालीका प्रमुख  मालपोत अधिकृत प्रेम सिंह कुवरले कर्मचारी भए यस्ता समस्या नहुने र यसको पहल गरिरहेको बताए। 

 

कमेन्ट लोड गर्नुस