सुदूर नेपाललाई विश्वसँग जोड्दै

एरिस्टोमा विद्यालयस्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

२०८० फाल्गुन ८, ११:४७ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिका-८ क्याम्पस रोडमा रहेको एरिस्टो माविले विद्यालय स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको छ। एरिस्टो माविको प्राङ्गणमा उक्त प्रतियोगिता सम्पन्न भएको हो। ब्याडमिन्टन प्रतियोगितामा धनगढीका १३ ओटा विद्यालयका ३१ छात्र र १० छात्रा गरी ४१ खेलाडी सहभागी भएका थिए।

प्रतियोगितामा ब्याडमिन्टन पुरुष एकल तर्फ एरिष्टोका रियांश चौधरी प्रथम हुन सफल भएका छन् भने थ्री स्टार अङ्ग्रेजी आवासीय विद्यालयका आदित्य चौधरी दोस्रो भएका छन्। त्यसै गरी आयोजक विद्यालयकै आर्जन विष्टले तेस्रो स्थान हासिल गर्न सफल भका छन्। उदयमान खेलाडीको रूपमा ऐश्वर्य विद्या निकेतनबाट हिमाचल खत्रीलाई मायाको चिनोसहित ¥याकेट प्रदान गरिएको छ।

त्यसैसरि, महिला एकलतर्फ धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालयबाट रन्जु राना प्रथम भएकी छिन् भने एक्सिस विद्या आश्रमबाट कृती जोशी दोस्रो हुन सफल भएकी छिन्। त्यसै गरी आयोजक विद्यालयकै प्रतिज्ञा साउदले तेस्रो स्थान हासिल गरेकी छिन्। छात्रातर्फ उदयमान खेलाडीको रूपमा मयुर इङ्लिस स्कुलकी ममता विष्ट लाई मायाको चिनो प्रदानका साथै ¥याकेट प्रदान गरिएको छ। 

विद्यालय स्तरबाटै खेलकुदमा रुचि जगाउन र विशेष गरी ब्याडमिन्टन खेलाडीहरूलाई उत्पादनमा सहयोग होस् भन्ने हेतुले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। पढाइ सँगसँगै खेलकुद पनि विद्यार्थीको लागि महत्त्वपूर्ण रहेको खेल शिक्षक दर्शन थापाले बताए।

 

कमेन्ट लोड गर्नुस