सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा प्रहरीको कुटपिटपछि एक बृद्धको मृत्यु

२०७६ जेठ १, १०:५१ खबर संवाददाता

बैतडीमा प्रहरीको कुटपटिपछि  एकजना बृद्धको मृत्यु भएको आरोप लागेको छ। जिल्लाको पाटन नगरपालिका वडा नम्बर ६ को भकुडामा प्रहरीको कुटपिटबाट ७४ वर्षीय  कमलाकान्त पन्तको मृत्यु भएको आरोप लागेको हो। मदिरा सेवनपछि सोमबार साझ मृतकका ४० वर्षीय छोरा लवदेव पन्त र स्थानीय पसल सञ्चालक शान्ति पन्तबिच भएको विवादलाई लिएर भकुडा पुगेको प्रहरी टोलीको कुटाईबाट पन्तको मृत्यु भएको परिवारले आरोप लगाएको छ।

विवादपछि ईलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी नायब नीरिक्षक अशोक पालको नेतृत्वमा आएको टोलीले पन्तलाई पक्राउ गरेर लैजाने बेला कमलाकान्तले रोक्न खोज्दा प्रहरीले उनीमाथि कुटपिट गरेका थिए। पन्त बिहान मृत अवस्थामा भेटिएपछि प्रहरीकै कुटाईबाट मृत्यु भएको आशंका गरिएको हो। यता जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरिक्षक नेत्रमणी गिरीले भने स्थानीयबिच विवाद भएपको खबरपछि प्रहरी घटना स्थल पुगेको बताए तर प्रहरीकै कुटपिटबाट बृद्धको ज्यान गएको कुरा भने शव परिक्षणपछि मात्र खुल्ने उनको दावी थियो। तर मृतकका परिवारले भने कुटपिटमा संलग्नहरुलाई कारवाही र उचित क्षतीपूर्तीको माग गरेका छन्। 
 
 

कमेन्ट लोड गर्नुस