सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामको मंगलसेन नगरपालिकाको गाडीमा अज्ञात समुहद्वारा आगजनी

२०७६ जेठ १, ०७:१६ खबर संवाददाता

अछाम–जिल्लाको मंगलसेन नगरपालिकाको गाडीमा अज्ञात समुहले आगजनी गरेको छ। नगरपालिकाका मेयर पदमबहादुर बोहराले प्रयोग गर्दै आएको बा २ झ ३६९४ नम्बरको गाडीमा राती २ बजे आगजनि गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख एवं प्रहरी नायब उपरीक्षक जनक बहादुर शाहीले जानकारी दिए।

नगरपालिका परिषरदै राखिएको मेयर चढ्ने गाडी एक बर्ष अगाडी मात्रै एक करोड २० लाखमा खरिद गरिएको थियो। प्रहरी नायव उपरिक्षक शाहीले आगजनी गर्नेहरुको खोजिकार्य जारी रहेको बताउदै गाडी जलेर पुर्ण रुपमा नष्ट भईसकेको बताए। मंगलसेन बजारका स्थानियले गाडिमा आगजनि भएको जानकारी प्रहरीलाई गराएपछि आफु स्वंयमा सो स्थानमा पुगेपछि गाडिमा लागेको आगो नियन्त्रणमा लिएको उनले बताए। 
 

कमेन्ट लोड गर्नुस