सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रेस युनियन कैलालीद्वारा सभामुख र राष्ट्रियसभा अध्यक्षलाई ज्ञापनपत्र

२०७६ वैशाख ३१, ०६:४६ खबर संवाददाता

नेपाल प्रेस युनियन कैलालीले सोमबार प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई ज्ञापनपत्र पठाएको छ। अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक र संसदमा प्रस्तुत गर्ने तयारीमा रहेको आमसञ्चार विधेयकको मस्यौदाप्रति आपत्ति जनाउँदै नेपाल प्रेस युनियन कैलालीले जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापनपत्र पठाएको हो। 

नेपाल प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवाले कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीलाई ज्ञापनपत्र हस्तान्तरण गरे। ज्ञापनपत्रमा लोकतन्त्र, मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकको सुनिश्चिता जस्ता विषयमा नेपालको संविधान २०७२ ले स्पष्ट व्यवस्था गरेको सन्दर्भमा देशकै मुल कानूनसँग बाझिने गरी आउने विधेयक स्वीकार्य नहुने भन्दै चेतावनी दिइएको छ।

त्यस्तै, ज्ञापनपत्रमा मिडिया काउन्सिल तथा आमसञ्चार विधेयकको मस्यौदा सदनमा प्रस्तुत हुनुपूर्व श्रमजीवी पत्रकारहरुबीच छलफल गराई सुझाव संकलन गरी प्राप्त सुझाव बमोजिम परिमार्जन र संशोधन गर्न, विधेयकको कतिपय व्यवस्थाले स्वतन्त्र प्रेसको अस्तित्व नै समाप्त पार्ने नियत राखेको स्पष्ट देखिएकाले तत्काल त्यस्ता व्यवस्था खारेज गर्न माग गरिएको छ।  

कमेन्ट लोड गर्नुस