सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा बस दुर्घटना

२०७६ वैशाख ३१, ०६:१६ खबर संवाददाता

धनगढीको मनहेरामा बस दुर्घटना भएको छ। हुलाकी राजमार्ग अन्तरगत धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मनहेरामा आज साँझ ना ५ ख ९५ नम्बरको बस दुर्घटनामा परेको वडा प्रहरी कार्यालयले जनाएको छ। वडा प्रहरी कार्यालयका प्रहरी नीरिक्षक वकिल बहादुर सिंहले  यात्रुहरु भने सवार नरहेका बेला बस दुर्घटनामा परेको बताए। तर चालक भने दुर्घटना लगतै फरार रहेका छन्। बस धनगढीबाट फुलबारी तर्फ गइरहेको अवस्थामा दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस