सुदूर नेपाललाई विश्वसँग जोड्दै

सगरमाथा आरोहण खुला

। फोटो स्रोत ।
२०७६ वैशाख ३१, ०५:१५ खबर संवाददाता

यो सिजनको पहिलो सगरमाथा आरोहीको टोली शिखरमा पुगेको छ। दोलखाका शिद्धिवहादुर तामाङको नेतृत्वमा ८ जना शेर्पा मंगलबार चुचुरोमा पुगेका पर्यटन विभागले जनाएको छ। 

आरोहीहरुका लागि बाटो बनाउँदै अघि बढेको शेर्पा टोली मगंलबार अपरान्ह पौने दुई बजे चुचुरोमा पुगेको हो। सगरमाथा आरोहणका लागि अनुमति लिएर गएका स्वदेशी तथा विदेशी टोली एक डेढ महिनादेखि आधार शिविरमा बसिरहेका छन्। उक्त टोलीमा सोलुखुम्बुका दार्जी ग्याल्जेन शेर्पा, पासाङ दावा शेर्पा, छन् भने संखुवासभाका पासदावा शेर्पा, दावा नुर्व शेर्पा, मिङ दोर्जे शेर्पा, आङफुर्वा शेर्पा र साङ्बु भोटे लामा रहेका छन्।

आरोहण सुरु हुनु अघि डोरीसहित गएका शेर्पाले बाटो बनाउने गर्छन्। यसवर्ष सगरमाथाको उचाई मापन गर्ने नेपालको सरकारी टोली समेत आरोहणको तयारीमा रहेको छ।
 

कमेन्ट लोड गर्नुस