धनगढीमा तेक्वान्दोका चार खेलाडीलाई ब्ल्याक बेल्ट

धनगढीः राष्ट्रिय तेक्वान्दो सङ्घ नेपालले धनगढीका चार जना खेलाडीलाई ब्ल्याक बेल्ट प्रदान गरेको छ।
खेल प्रशिक्षण सुरु गरेको तीन वर्षपछि धनगढीका सृजना गुरुङ, आर्यन डगौरा, प्रभात जोशी र प्रशंसा अधिकारीले ब्ल्याक बेल्टको प्रमाणपत्र पाएका हुन्।
गत महिना लिइएको टेष्ट परीक्षामा उर्तीण भएका उनीहरुलाई शनिवार एक कार्यक्रमका बिच केन्द्रीय प्रतिनिधि तथा सुदूरपश्चिम प्रदेशमा कार्यरत प्रशिक्षक राजेन्द्र भण्डारीले प्रमाणपत्र प्रदान गरेका हुन्। उनले खेल जीवनमा लगनशीलता र अनुशासन कहिल्यै नछोड्न आग्रह गरे।
प्रशिक्षक करन धामीले तेक्वान्दो खेल मात्रै नभएर आत्मरक्षाको कला र प्रतिभा भएकाले खेलाडी स्वयमको जीवन, उसको वरपरको समाज र राष्ट्रकै प्रतिष्ठा उजागर गर्ने बताए।



