सुदूर नेपाललाई विश्वसँग जोड्दै

सनातन हिन्दूराष्ट्र स्थापना महाअभियानको काँग्रेस सांसद भण्डारीद्धारा घोषणापत्र सार्वजनिक

२०८० फाल्गुन ५, ०४:११ खबर संवाददाता

काठमाडौँः नेपाली कांग्रेस सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानले घोषणापत्र सार्वजनिक गरेको छ।

शनिवार बानेश्वरमा आयोजित एक कार्यक्रममार्फत सो संगठनले घोषणापत्र सार्वजनिक गरेको हो।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी नेतृत्वको सो संगठनले मुलुकमा हिन्दु राष्ट्र स्थापना गर्ने अभियान सञ्चालन गर्दै आएको छ।  सो संगठनको नेतृत्वमा कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल र कांग्रेस नेता लोकेश ढकाल लगायत रहेका छन्।

कमेन्ट लोड गर्नुस