धनगढीको एरिस्टो प्राङ्गणमा आजदेखि विद्यालय स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुँदै
धनगढीः धनगढीको एरिस्टो प्राङ्गणमा आजदेखि विद्यालय स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुँदै छ।
धनगढी उपमहानगरपालिका-८ क्याम्पस रोडमा रहेको एरिस्टो माविले आजदेखि विद्यालय स्तरीय ब्याडमिन्टन प्रतियोगिता गर्ने भएको हो। एरिस्टो माविको प्राङ्गणमा शुक्रवार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बारे जानकारी गराइएको थियो। ब्याडमिन्टन प्रतियोगितामा धनगढीका १५ ओटा विद्यालयका ३१ छात्र र १० छात्रा गरि ४१ खेलाडी सहभागी हुने विद्यालयका खेल शिक्षक दर्शन थापाले बताए। उनले विद्यालय स्तरमा लुकेर रहेका खेलाडीहरुको प्रतिभा बाहिर ल्याउन प्रतियोगिता आयोजना गरिएको बताए।
कैलाली जिल्ला ब्याडमिन्टन संघको समन्वयमा प्रतियोगिता आयोजना गरिएको भन्दै खेल शिक्षक थापाले प्रतियोगिता उत्कृष्ट रहने बताए। प्रतियोगितामा प्रथम हुने खेलाडीले नगद ५ हजार, ट्रफी मेडल र प्रमाणपत्र, दृतिय हुनेले नगद ३ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र तथा तृतीय हुनेले २ हजार नगद ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन। नकआउट चरणमा खेलाइने ब्याडमिन्टन प्रतियोगितामा एरिस्टो माविकै प्राङ्गणमा फाल्गुन ५ गतेदेखि ७ गतेसम्म संचालन हुनेछ।