सुदूर नेपाललाई विश्वसँग जोड्दै

पार्टी अध्यक्षको अपमान गरेको भन्दै युवा फोरम सुदूरपश्चिमद्धारा कारवाहीको माग

२०७६ वैशाख ३१, ०३:२६ खबर संवाददाता

समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपप्रधान एव्म स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको अपमान गरिएको भन्दै कारवाहीको माग गरिएको छ। समाजवादी फोरमको भातृ संगठन समाजवादी युवा फोरम सुदूरपश्चिमले एभिन्युज टेलिभिजनका कार्यक्रम सञ्चालकले अभद्र र क्षुद्र शब्द प्रयोग गरी पार्टी अध्यक्षको अपमान गरिएको भन्दै कारवाहीको माग गरेको हो। युवा फोरम सुदूरपश्चिमका अध्यक्ष गोविन्द गुप्ताले कैलालीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउदै कारवाहीको माग गरेका हुन्।   

कमेन्ट लोड गर्नुस