सुदूर नेपाललाई विश्वसँग जोड्दै

गुणस्तरहीन औषधि बिक्री वितरण गर्ने औषधि पसलहरुलाई कारबाही हुन्छ : स्वास्थ्य मन्त्री यादव

। फोटो स्रोत ।
२०७६ वैशाख ३१, ०२:११ खबर संवाददाता

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले गुणस्तरहीन औषधि बिक्री वितरण गर्ने औषधि पसलहरुलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन्। मंगलबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उनले चिस्यानमा नराखिएको औषधि बिक्री वितरणमा पनि प्रतिबन्ध लगाउने बताउंदै चिकित्सकहरुको ‘प्रेसक्रिप्सन’ बिना औषधि बिक्री वितरण गर्न नपाउने गरी सबै औषधि पसलहरुमा सरकारले कडा निगरानी राख्ने बताए। 

उनले भने, सरकारले सिधै कम्पनीबाट औषधि खरिद गर्ने कानुनी व्यवस्था गर्न जरुरी छ। सार्वजनिक खरिद ऐनको प्रक्रियाबाट औषधि खरिद गर्दा महंगो पर्न जाने भएकाले त्यसलाई रोकेर सरकार आफैले सिधै कम्पनीबाट औषधि खरिद गर्ने तयारी भैरहेको पनि बताए।
 

कमेन्ट लोड गर्नुस