सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमाले नेता ऐन महरलाई कारबाही

२०८० फाल्गुन ३, ०९:०२ खबर संवाददाता

काठमाडौँः  एमाले नेता ऐन महरलाई कारबाही गरिएको छ।

कारबाही पछि नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका ऐन महरले राजीनामा दिएका छन्। केन्द्रीय सचिवालय बैठकले उनको राजीनामा स्वीकृत गरेको केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। त्यस्तै सिराज अहमत फारुकीको राजीनामा पनि स्वीकृत भएको छ।

स्रोतका अनुसार, उनले अब एमाले नै परित्याग गर्ने मनासय बनाएका छन्। उनि निकट अनेरास्ववियुका एक नेताका अनुसार एक युवतीसंगको अनैतिक सम्बन्धको फोन भिडिओ सार्वजनिक भएपछि उनलाई पार्टीले दबाव दिएको र त्यसपछि उनले राजीनामा दिएका हुन्।
 

कमेन्ट लोड गर्नुस