धनगढीमा धर्म–पशुपति स्मृति खुल्ला राष्ट्रि ब्याडमिन्टन प्रतियोगिता हुने
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकामा खुल्ला राष्ट्रि ब्याडमिन्ट प्रतियोगिता हुने भएको छ।
धनगढीमा धर्मदेव पशुपति स्मृति दोस्रो खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको हो। पुलिस पब्लिक ब्याडमिन्टन क्लबको आयोजनामा फागुन ११ गतेदेखि प्रतियोगिता सञलन हुेन छ। प्रतियोगितामा खुल्ला डबल्स, ४५ प्लस भेट्रान र ५५ प्लस भेट्रान गरी तीन विधा समावेश गरिएको पुलिस पब्लिक ब्याडमिन्टन क्लबका अध्यक्ष चेतराज जोशीले बताए।
तीन वटै विधाका विजयी खेलाडीहरुलाई नगद २ लाख ४९ हजार पुरस्कार दिइने छ। खुल्ला डबल्समा प्रथमलाई ६१ हजार, द्वितीयलाई ४१ हजार र तृतीयलाई ३१ हजार रुपैयाँ रकम पुरस्कारसँगै मेडल तथा ट्रफी प्रदान गरिने अध्यक्ष जोशीले बताए। जोशीकाअनुसार ४५ प्लस भेट्रान अन्तरगत प्रथमलाई ४१ हजार, द्वितीयलाई ३१ र तृतीयलाई २१ हजार रुपैयाँ नगद तथा ५५ प्लस भेट्रान अन्तरगत प्रथमलाई ११ , द्वितीयलाई ७ र तृतीयलाई ५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल प्रदान गरिने छ।