सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ३२ प्रिन्ट रगत सङ्कलत

२०८० फाल्गुन २, ०७:२५ खबर संवाददाता

धनगढीः धनगढीमा ३२ प्रिन्ट रगत सङ्कलन गरिएको छ।

माया मेट्रो अस्पतालले आयोजना गरेको रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका हुन्। सरस्वती पूजा र प्रणय दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका हुन्।

धनगढी–३ मा रहेको अस्पतालले स्वास्थ्य संस्था वा ब्लड बैङ्कमा हुने रगत अभावका कारण बिरामीलाई हुने थप समस्यालाई मध्यनजर गर्दै एक दिन रक्तदान कार्यक्रमको आयोजना गरेको हो। नेपाल रेडक्रस सोसाइटी धनगढीको सहकार्यमा भएको रक्तदान कार्यक्रमले केही मात्रामा भए पनि रगतको परिपूर्ति हुने अस्पतालले अपेक्षा गरेको छ। रक्तदान गर्ने रक्तदाताहरुलाई प्रशंसा पत्र समेत दिइएको थियो।
 

कमेन्ट लोड गर्नुस