पत्रकारलाई हातपात गरेको आरोपमा पाँच जना पक्राउ
सल्लेरी : सोलुखुम्बुमा पत्रकारमाथि हातपात गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोलुदुधकुण्ड नगरपालिका–५ का २८ वर्षीय राम तामाङ, सोही वडाका २६ वर्षीय सोनाम शेर्पा, २७ वर्षीय मङ्गल तामाङ, २८ वर्षीय लक्ष्मण तामाङ र ३२ वर्षीय सुब्बा तामाङ रहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
दुधकोसी खबरका रमन वनमाथि गत शनिवार राति सल्लेरीस्थित निजको कोठा पुगेर हातपात गरेको आरोपमा उनीहरूलाई आज सल्लेरीको विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरी निरीक्षक अनिलकुमार मिश्रले बताए।
सञ्चार माध्यममा भिडियो सामग्री प्रसारण गरेकै कारण आफूमाथि हातपात गरेको पत्रकार वनले बताए। सोलुदुधकुण्ड–५ का वडाध्यक्ष मिङमार तामाङसहित राति आफ्नो कोठामा पुगेका व्यक्तिहरूले आक्रमण गरी भिडियो मेटाउन ९डिलिट गर्र्न० धम्की दिँदै आफूलाई कुटपिट गरेको उनको भनाइ थियो ।
सो घटनापछि हातपात गर्ने विरुद्ध पत्रकार वनले अभद्र व्यवहार गरेको जाहेरी जिल्ला प्रहरी कार्यालयमा दिनुभएको थियो। तामाङ समुदायको ल्होछार पर्व मनाउने क्रममा शनिवार सल्लेरीस्थित एक होटेलमा स्थानीय युवा मदिरा सेवन गरेर झगडा गरेका थिए। उक्त झगडाको भिडियो दुधकोशी खबरले सम्प्रेषण गरेको थियो।