सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा मानसिक सन्तुलन ठिक नभएकी महिलामाथि करणी

२०८० फाल्गुन १, ०३:३९ खबर संवाददाता

धनगढी : कञ्चनपुरमा मानसिक सन्तुलन ठिक नभएकी एक महिलामाथि जबरजस्ती करणी भएको छ। जिल्लाको झलारीकी एक महिलामाथि करणी भएको हो।

मानसिक सन्तुलन ठिक नभएकी झलारी २४ ‘क’ (नाम परिवर्तन) लाई आफ्नै घरमा बोलाएर करणीर गरेको भन्दै पीडितका आफन्तले प्रहरीमा दिएको जाहेरी थिए। आफन्तको जाहेरीका आधारमा जिल्लाको कृष्णपुर नगरपालिका–२ का ३१ वर्षीय कृष्णानन्द पन्त पक्राउ परेका छन्। उनी मङ्गलवार पक्राउ परेका हुन। उनले महिलामाथि सोमवार करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सहायक प्रवक्ता प्रहरी निरीक्षक हर्ष बहादुर चन्दका अनुसार घटनाबारे थप अनुसन्धान जारी हरेको छ।

 

कमेन्ट लोड गर्नुस