वाफ च्याम्पियनसिप खेल्ने नेपाली टोलीको घोषणा
![](https://dineshkhabar.com/sites/default/files/styles/row_list/public/field/image/Anfa_ss63hoNgvH.jpg?itok=TM9IS_7t)
काठमाडौं: वाफ च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा भएको छ।
प्रशिक्षक राजेन्द्र तामाङले सबिना चौधरी, सरस्वती हमाल र चन्द्र भण्डारीलाई नयाँ खेलाडीका रुपमा राख्दै टिम घोषणा गरेका हुन्। नेपाली टिमको गोलकिपरमा कप्तान एन्जिला तुम्बाप्पो सुब्बासहित अञ्जना राना मगर र उषा नाथ छन्। डिफेन्स लाइन गीता राना, अमृता जैशी, हीराकुमारी भुजेल, विमला बीके, निशा थोकर, पूजा राना र समीक्षा घिमिरेले सम्हाल्नेछन्।
मिडफिल्डमा अनीता बस्नेत, प्रिति राई, दीपा शाही, विमला चौधरी, चन्द्रा भण्डारी र सरस्वती हमाल छन्। अग्रपंतिमा सावित्रा भण्डारी, रेखा पौडेल, रश्मीकुमारी घिसिङ, सबिता रानामगर रहनेछन्। पश्चिम एसियाली फुटबल संघ (वाफ) ले आयोजना गर्ने प्रतियोगितामा नेपाल आमन्त्रित टोलीका रुपमा सहभागी हुन लागेको हो।
आठ टोली सहभागी रहने च्याम्पियनसिपमा नेपाल प्यालेस्टाइन, सिरिया र इराकसँगै समूह ‘बी’मा छ। नेपालले पहिलो खेलमा सिरियासँग फेब्रुअरी २० मा खेल्नेछ। प्रतियोगिता साउदी अरेबियाको किङ अब्दुल्लाह स्पोर्ट्स सिटीमा हुनेछ।
![add](https://dineshkhabar.com/sites/default/files/1736663280234.jpg)
![Sonalika](https://dineshkhabar.com/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)