सुदूर नेपाललाई विश्वसँग जोड्दै

शानदार जीतसँगै श्रृङ्खलामा नेपालको क्लिन स्वीप

२०८० माघ २९, ०४:१६ खबर संवाददाता

काठमाडौँः तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमवार नेपालले क्यानडालाई नौ विकेटले हराएको छ।

जितसँगै नेपालले तीन खेलको  श्रृङ्खला ‘क्लिन स्वीप’ गरेको हो। पहिले ब्याटिङ गर्दै क्यानडाले २ सय ३३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। नेपालले उक्त लक्ष्य ३३ बल अगावै मात्र १ विकेटको क्षतिमा पछ्यायो।

नेपालका लागि अनिल साह र भीम सार्कीले शतकीय पाली खेले। साहले नटआउट रहँदै ११२ तथा भीम सार्कीले नटआउट रहँदै १०२ रन बनाए। नेपालले एकमात्र विकेटको रुपमा १६ रन बनाएका कुशल भुर्तेललाई गुमाएको थियो। यसअघि नेपाल पहिलो खेलमा सात रन र दोस्रो खेलमा चार विकेटले विजयी भएको थियो।

कमेन्ट लोड गर्नुस