सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतलाई हराउँदै अस्ट्रेलियाले जित्यो चौथो पटक अन्डर–१९ विश्वकपको उपाधि

२०८० माघ २९, ०६:२२ खबर संवाददाता

काठमाडौंः भारतलाई हराउँदै अस्ट्रेलिया चौथो पटक अन्डर–१९ विश्वकपको उपाधि जितेको छ। आइतबार भएको यू–१९ विश्वकपको फाइनलमा अष्ट्रेलियाले भारतलाई ७९ रनले पराजित गर्दै विश्वकपको उपाधि जितेको हो।

पहिले ब्याटिङमा उत्रिएको अष्ट्रेलियाले जितका लागि भारतलाई २५४ रनको लक्ष्य दिएको थियो। अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २५३ रन बनाएको थियो। तर लक्ष्य पछ्याउने क्रममा भारतीय टोलीको प्रदर्शन त्यति बलियो भएन।

भारतीय टोली ४३.५ ओभरमा १७४ रनमै अलआउट भयो। भारतका लागि आदर्श सिंह (४७) र मुरुगन अभिषेक (४२) ले सर्वाधिक रन बनाए । मुशीर खानले २२ रनको योगदान दिए।

कमेन्ट लोड गर्नुस