सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्यकर्मी संघ सुदूरपश्चिमद्वारा सामाजिक विकास मन्त्रालयलाई ज्ञापन

२०७६ वैशाख ३०, ०६:२७ खबर संवाददाता

नेपाल स्वास्थ्यकर्मी संघ सुदूरपश्चिम प्रदेश डडेल्धुराले ४ बुँदे माग राख्दै प्रदेशको सामाजिक विकास मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको छ। प्रदेशको स्वास्थ्य सेवा प्रभावकारी बनाउनका लागि ४ बुँदे माग राख्दै ज्ञापन पत्र बुझाईएको हो। ज्ञापन पत्र मार्फत प्रदेश मातहतका कार्यालयहरुमा हालको जनसङख्यालाई मध्यनजर गर्दै गुणस्तरीय सेवाप्रवाह गर्नका लागि तत्काल मौजुता दरबन्दी संरचनालाई ओएनएम सर्वे गरि थप दरबन्दी कायम गनुपर्ने माग गरिएको छ।

यस्तै स्वास्थ्यकर्मीको ज्येष्ठताको सुचि तयार गरि स्थायी ठेगाना तथा समायोजन ऐनलाई प्राथमिकता दिदै कर्मचारी समायोजन गरिनुपर्ने, स्वास्थकर्मी तथा महिला स्वास्थ्य स्वयम सेविकाहरुको बृद्धि बिकास तथा सेवा सुविधा अभिवृद्धि गरिनुपर्ने, समायोजनको समस्या समाधान गर्न मन्त्रालयमा निष्पक्ष गुनासो सुनवाई तथा व्यवस्थापन ईकाई गठन गर्नुपर्ने र स्वास्थ्य सेवालाई मिल्ने किसिमकोे सफ्टवयर निर्माणको प्रकृया अगाडी बढाउनुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको नेपाल स्वास्थ्यकर्मी संघ सुदूरपश्चिम प्रदेश डडेल्धुराका अध्यक्ष प्रेम बहादुर महरले जानकारी दिनुभयो। 

 

कमेन्ट लोड गर्नुस