ग्रासरुट क्रिकेट विकासका लागि धनगढीमा खेलाडी छनोट सुरु

धनगढी : कैलालीको धनगढीमा ग्रासरुट क्रिकेट विकास कार्यक्रमको प्रशिक्षणका लागि प्रारम्भिक रुपमा खेलाडी छनोटको कार्य सुरु भएको छ।
फूलबारी र जुगेडा केन्द्रबाट प्रारम्भिक रूपमा खेलाडी छनोटको कार्य सुरु गरिएको हो। प्रशिक्षणका लागि खुला रुपमा आवेदन आह्वान गरिएकोमा दुवै केन्द्रमा ७०÷७० गरी १४० जनाले नाम टिपाएका छन्। जसमा छात्राहरूसमेत रहेका छन् ।
क्रिकेटको सहर धनगढीमा धनगढी उपमहानगरपालिकासँगको साझेदारीमा गो ड्रिमर्सले ग्रासरुट क्रिकेट विकास कार्यक्रम अन्तर्गत प्रशिक्षण सञ्चालन गर्न लागेको हो। प्रशिक्षणमा सहभागिताका लागि नाम टिपाएकाहरुलाई क्रिकेटर बनाउने जिम्मेवारी अब आफूहरूको काँधमा आएको धनगढी एफ्सीका अध्यक्ष सुवाश शाहीले बताए।



