धनगढीमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्री घाइते

२०८० माघ २७, ०८:११
धनगढीः कैलालीमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्री घाइते भएका छन्।
घोडाघोडी नगरपालिका–१० का २८ वर्षीय रमेश चौधरीले चलाएको से ६ प ३८१९ नम्बरको मोटरसाइकलको ठक्करबाट धनगढी उपमहानगरपालिका–७ का ४८ वर्षीय शिवराज गिरी घाइते भएका हुन्।
दुर्घटना धनगढीको मोतीचोकमा भएको हो। घाइतेको आशा मेडिकलमा उपचार भइरहेको कैलाली प्रहरीले जनाएको छ। घाइतेको अवस्था भने सामान्य रहेको छ।




कमेन्ट लोड गर्नुस