सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा धनगढी प्रथम

२०८० माघ २७, ०६:५२ खबर संवाददाता

 

धनगढी ः राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा धनगढी प्रथम भएको छ। जिल्ला स्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा धनगढी उपमहानगरपालिका ४५ पदकसहित प्रथम भएको हो।

धनगढी उपमहानगरपालिकाले ३० स्वर्ण, ६ रजत र ९ कास्य पदक जित्न सफल भएको छ। यस्तै घोडाघोडी नगरपालिका दोस्रो र गोदावरी नगरपालिका तेस्रो भएको छ।

घोडाघोडीले २२ स्वर्ण, १७ रजत र १७ कास्य गरि ५६ पदक र गोदावरीले ५ स्वर्ण, २४ रजत र १० कास्य गरि ३९ पदक सहित तृतीय भएको हो।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय पालिकालाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। उनीहरूलाई घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक बहादुर र खेलकुदका जिल्ला अध्यक्ष ललित खत्रीले पुरुस्कार वितरण गरेका हुन।

प्रतियोगितामा सहभागी अन्य पालिकामा लम्किचुहा नगरपालिकाले ८, टिकापुर नगरपालिकाले १६, गौरीगंगा नगरपालिकाले १७, बर्दगोरीया गाउँपालिकाले २, जोशीपुर गाउँपालिकाले ६, मोहन्याल गाउँपालिकाले १०, चुरे गाँउपालिकाले ३, कैलारी गाँउपालिकाले २, जानकी गाँउपालिकाले ७ र भजनी नगरपालिकाले २ पदक जितेका छन्।

प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो र कराँते विधामा प्रतिस्पर्धा गराइएको थियो। प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीहरू मध्येबाट प्रदेशस्तरीय प्रतियोगितामा सहभागी गराइने जिल्ला खेलकुद समितिले बताएको छ।

गत वर्षको १३ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता पनि धनगढी नै पहिलो भएको थियो।

 

कमेन्ट लोड गर्नुस