सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाली काँग्रेसका सांसद शर्मा स्वास्थ्यकर्मीको टोलीसहित सुदुरपश्चिममा

२०८० माघ २५, ०५:२२ खबर संवाददाता

डडेल्धुराः नेपाली काँग्रेसका सांसद डाक्टर सुनीलकुमार शर्मा स्वास्थ्यकर्मीको टोलीसहित सुदुरपश्चिममा पुगेका छन्।

सांसद शर्मा काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेडको स्वास्थ्य टोली लिएर सुदूरपश्चिम प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर गर्न यहाँ आएका हुन्। सो क्रममा बिहीवार (आज) डडेल्धुरामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना भएको छ। अमरगढी नगरपालिकाको आयोजनामा डडेल्धुरा जिल्ला अस्पतालमा भएको शिविरमा दुई हजार ५२७ बिरामीको उपचार भएको केएमसीका प्रबन्धक नारायण दाहालले बताए।

जसमा १४७ जनाले ईसीजी, २१३ जनाले ल्याब, १९५ जनाले अल्ट्रासाउन्ड, ८३ जनाले इको सेवा लिएका छन्। ७७ जनाको दाँत खोलिएको छ। साथै १४४ जनालाई शल्यक्रियाका लागि रेफर गरिएको छ। शल्यक्रिया निःशुल्क गरिने दाहालले बताए।
 

कमेन्ट लोड गर्नुस