सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोटरसाईकल दुर्घटना हुंदा २ जनाको मृत्यु

। फोटो स्रोत ।
२०७६ वैशाख ३०, १२:२१ खबर संवाददाता

कपिलवस्तुमा मोटरसाईकल दुर्घटना हुंदा दुई जनाको मृत्यु भएको छ। गएराति १० बजे जहदीबाट तौलिहवा आउंदै गरेको लु ९ प ४६६४ नम्वरको मोटरसाईकल तौलिहवा जितपुर सडक खण्डको निग्लिहवाकोटमा दुर्घटना हुंदा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले दिएको जानकारी अनुसार मृत्यु हुनेमा मोटरसाईकल चालक मायादेवी गाउंपालिका वडा नम्बर ७ का ४५ वर्षीय सर्वजीत यादव र कपिलवस्तु नगरपालिका वडा नम्बर ६ का शेषराम यादवको घट्नास्थलमै मृत्यु भएको हो। मोटरसाईकललाई कुनै ठूलो सवारी साधनले ठक्कर दिएको हुन सक्ने प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस