सुदूर नेपाललाई विश्वसँग जोड्दै

एकै दिन ४ नेपाली फुटबल खेलाडी अस्ट्रेलिया उडे

२०८० माघ २४, ०५:१० खबर संवाददाता

काठमाडौँः मंगलवार एकै दिन चार जना नेपाली राष्ट्रिय फुटबलर विदेश गएका छन्।

फुटबलर सिमान्त थापा, सेसेहाङ आङदेम्बे, आशिष चौधरी र अनिश देउला अस्ट्रेलिया प्रस्थान गरेका हुन्। एन्फाभित्रको बढ्दो विवादका कारण सुनौलो भविष्यको खोजी भन्दै विदेशिएका सिमान्त, सेसेहाङ र आशिष राष्ट्रिय टिमको क्यापसमेत जितिसकेका खेलाडी हुन्।

सिमान्तले घरेलु लिग जावलाखेल युथ क्लबबाट खेलेका थिए। जावलाखेलको कप्तानी सम्हालेका उनले हालै सम्पन्न नेपाल सुपर लिग (एनएसएल)मा वीरगन्ज युनाइटेडबाट खेलेका थिए। चर्च ब्वाइज युनाइटेडबाट खेल्ने आशिष पछिल्लो समय राष्ट्रिय टिमका समेत नियमित सदस्य थिए। उनी एनएसएलमा धनगढी एफसीका मार्की खेलाडी बन्दै टिमलाई फाइनलसम्म पुर्याएका थिए।

सेसेहाङ भने त्रिभुवन आर्मी फुटबल क्लबमा आबद्ध थिए। जावलाखेलका गोलकिपर अनिशले भने राष्ट्रिय टिममा स्थान बनाउन सकेका थिएनन्। पछिल्लो समय बिमल घर्ती मगरसहितका उत्कृष्ट खेलाडीहरू आर्थिक कठिनाइका विदेशिइरहेका छन्।
 

कमेन्ट लोड गर्नुस