कञ्चनपुरमा अवैध कुखुरा बरामद
२०८० माघ २४, ०३:५७
कञ्चनपुरः कञ्चनपुरमा भारतबाट भन्सार छलेर ल्याइएका अवैध कुखुरा बरामद गरिएको छ।
बेलौरी नगरपालिका–१ फटैया नाकामा भारतबाट अवैध रूपमा ल्याइएको डेढ क्विन्टल (१५० किलो) ब्रोइलर कुखुरा बरामद गरिएको हो।
नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी)ले मंगलवार राति उक्त परिमाणमा कुखुरा बरामद गरेको जनाएको छ। बरामद गरेका कुखुरा कारबाहीका लागि प्रहरी चौकी फटैया बुझाइएको छ।
कमेन्ट लोड गर्नुस