सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका पाँचवटा विद्यालयलाई नमुना विद्यालय बनाउन सम्झौता

२०८० माघ २४, ०२:०९ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी उपमहानगरभित्र सञ्चालित पाँचवटा विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्न सम्झौता गरिएको छ।

विद्यालय निर्माण र गुणस्तर शिक्षा सुधार गर्न आज (बुधबार) टिच फर नेपाल र धनगढी उपमहानगरपालिकाबिच सम्झौता भएको हो।

उपमहानगरभित्र सञ्चालित पाँचवटा विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्न टिच फर नेपालकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) स्वस्तिका श्रेष्ठ र धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालबिच सम्झौता भएको हो। धनगढी उपमहानगरपालिका भित्रका ठेकराज माबी वडा नम्बर ११, सिद्धनाथ माबी-१२, चन्द्रोदय माबी-१८, बेहडाबाबा माबी-१६ र भवानी माबी वडा नम्बर ९ मा उक्त कार्यक्रम लागू गरिने छ।

कमेन्ट लोड गर्नुस