सुदूर नेपाललाई विश्वसँग जोड्दै

बहु विवाह मुद्दामा फरार रहेकी महिला महेन्द्रनगरबाट पक्राउ 

२०८० माघ २४, १०:१० खबर संवाददाता

कञ्चनपुरः बहु विवाह मुद्दामा फरार रहेकी एक महिला कञ्चनपुरको महेन्द्रनगर बजारबाट पक्राउ परेकी छिन्।

कञ्चनपुरको भीमदत्त नगरपालिका-१० की ३२ वर्षीया देवकी टमटालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलवार दिउँसो महेन्द्रनगर बजारबाट पक्राउ गरेको हो। जिल्ला अदालत कञ्चनपुरले २०७९ भदौ २६ गते ११ महिना ११ दिन कैद सजाय र २० हजार जरिवाना तोकी फैसला सुनाएपछि उनी फरार रहेकी थिइन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले टमटालाई मंगलवार नै अदालतमा उपस्थित गराएको थियो।

कमेन्ट लोड गर्नुस