राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक बस्दै
काठमाडौँः राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज बस्दै छ। बैठक आज बिहान ११ बजेबाट सिंहदरबारमा बस्नेछ।
सङ्घ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध व्यवस्थित गर्ने राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक बस्न लागेको हो। पहिलो बैठकले ६ महिनाभित्र सङ्घीयता कार्यान्वयनमा तीन तहबिच देखिएका अस्पष्टता अन्त्य गर्ने लगायतका ६ वटा निर्णय गरेको थियो। बैठकमा भाग लिन मुख्यमन्त्रीसहित परिषद्का सदस्यहरू काठमाडौँ पुगिसकेका छन्। विगतका निर्णय कार्यान्वयनमा जोड दिने उनीहरुको तयारी छ।