सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा रुखबाट लडेकी साउँदको उपचार गर्न आर्थिक समस्या

२०८० माघ २३, ०९:२१ खबर संवाददाता

धनगढी : डोटीमा रुखबाट लडेर एक महिला घाइते भएकी छन्। जिल्लाको बडीकेदार गाउँपालिका वडा नम्बर २ की भानु साउँद रुखबाट लडेकी हुन्।

डोटीको खरहरमा बस्दै आएकी उनी सोमवार घाँस काट्ने बेला रुखबाट लडेकी हुन्। उनको धनगढीस्थित माया मेट्रो हस्पिटलमा उपचार हुँदैछ। उनका श्रीमान करन साउँदले श्रीमतीको उपचारका लागि आर्थिक समस्या रहेको बताएका छन्। भानुका ७ वटा करङहरू भाँचिएका छन्। आन्द्रा दुई ठाउँमा फुटेका छन्। मङ्गलवार अस्पतालले आन्द्राको शल्यक्रिया गरेको छ। हड्डीको शल्यक्रिया गर्न बाँकी छ।

अस्पतालको सघन उपचार कक्ष (आइसीयू)मा उपचार जारी हरेको छ। बेहोस भएकी उनको मङ्गलवार होस आएको थियो।

भानुको उपचारमा आर्थिक सहयोग गर्न चाहानेहरूले एनएमबी बैँक, मसुरियामा रहेको सारदा साउँदको खाता नम्बर ०८७०२२८४७००००१२ मा रकम जम्मा गर्न उनका श्रीमान करन साउँदले आग्रह गरेका छन्।

 

कमेन्ट लोड गर्नुस