सुदूर नेपाललाई विश्वसँग जोड्दै

चुरे कैलालीको जंगलमा भिषण आगलागी

२०७६ वैशाख २९, ०६:३१

धनगढी– कैलालीको चुरे क्षेत्रमा भिषण आगलागी भएको छ। गोदावरी नगरपालिका, चुरे गाउपालिका र मोहन्याल गाउँपालिकाका विभिन्न वन क्षेत्रमा केही दिन यता भिषण आगलागि भईरहेको हो। गोदावरी नगरपालिका वडा नम्वर ४ मा पर्ने सेती सामुदायिक वन खण्ड ‘क’ र ‘ख’का विभिन्न ठाउँमा आगलागी भईरहेको छ। तराई क्षेत्रबाट र पहाड क्षेत्रबाट आगलागी भईरहेको बुढीतोलाका हरी बहादुर खनालले जानकारी दिए। 

उनका अनुसार आगलागिका कारण वनमा रहेका साना ठुला सबै रुखहरु जलेर नस्ट भएका छन्। आगो लागेर जंगल जलेपछि हरिया डाँडाकाँडा पुरै खरानीले काला बनेका छन्। स्थानीयहरु रातभर आफ्नो घर जोगाउन जाग्राम बस्ने गरेका वडा नं. ४ का स्थानीय मुक्त अधिकारीले जानकारी दिए। रातभर घर गोठ जोगाउन लागि परेको उनले बताए। ‘वनमा लागेको आगो त नियन्त्रण गर्न सकिएको छैन, रातभर आफ्नै घर जोगाउन हम्मे–हम्मे परेको छ’, अधिकारिले भने, ‘वन क्षेत्रमा आगलागी संगै हावा हुरि चल्ने भएकाले नियन्त्रण हुन गाह्रो छ।’

आगलागीकै कारण वनमा रहेका वन्यजन्तुहरु समेत समस्यामा परेका छन्। स्थानीयका अनुसार उक्त वन क्षेत्र भित्र ठुलो संख्यामा बन्यजन्तु मरेका छन्। वडा नम्बर ४ का वडा सदस्य शेर बहादुर घर्ती मगरले सयौं हेक्टर बन आगलागीले सखाप पारेको बताए। वनमा लागेको आगो नियन्त्रणका लागि सरकारी निकाएबाट कुनै पहल नभएको स्थानीयको गुनासो छ।
 

कमेन्ट लोड गर्नुस