सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा भोलिदेखि १४औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने 

२०८० माघ २३, ०८:४१ खबर संवाददाता

बझाङः बझाङमा भोलिदेखि १४औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएको छ। जिल्ला खेलकुद समितिले जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको १४औं संस्करण केदारस्यूँ गाउँपालिकाको झोतामा हुने जानकारी दिएको छ।

जिल्लाका सबै पालिकाको सहभागिता रहने उक्त प्रतियोगितालाई व्यवस्थित र खेल महोत्सवका रूपमा मनाउनका लागि आवश्यक तयारी समेत गरिसकेको समितिले जनाएको छ। यही माघ २४ गतेदेखि हुने १४औं बझाङ जिल्ला राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागी हुन पालिकाले सुदूरपश्चिम प्रदेश खेलकुद ऐन, २०७६ र नियमावली, २०७७ अनुसार स्थानीय खेलकुद समिति गठन गरेका छन्।

पालिका स्तरीय खेलकुद समिति गठन नभए राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागी नगराउने जिल्ला खेलकुद समितिको निणर्यपछि बझाङका १२ वटै स्थानीय तहहरूले समिति गठन गरिसकेका छन्।
 

कमेन्ट लोड गर्नुस