सुदूर नेपाललाई विश्वसँग जोड्दै

शिक्षक भर्तीको काम शिक्षक सेवा आयोगको प्रक्रियाबाट हुने

। फोटो स्रोत ।
२०७६ वैशाख २९, ०३:५२ खबर संवाददाता

शिक्षक भर्तीको काम शिक्षक सेवा आयोगको प्रक्रियाबाट हुने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालय शिक्षाको व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको भएपनि शिक्षक भर्तीको काम शिक्षक सेवा आयोगको प्रक्रियाबाट हुने बताएका हुन। आइतबार झापाको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन। 

गुणात्मक शिक्षाको लागि शिक्षक दरबन्दी अपुग भएको स्थितिमा केन्द्र सरकारले आवश्यक निर्णय लिने तयारी गरेको र नयाँ शिक्षक भर्ती केन्द्र आयोगले विज्ञापन गर्ने समेत उनले बताए।  कतिपय स्थानीय तहले आफै नयाँ शिक्षक नियुक्ति र सरुवा गरिरहेको भन्दै उनले शिक्षक सेवा आयोगको बाटो बाहेक अन्य तरिकाबाट शिक्षक नियुक्ति गर्दा व्यवस्थापनमा असहज हुने बताए।

यो विषय राष्ट्रिय शिक्षा नितिमा समेटिएको र मन्त्रीपरिषदमा नीतिका विषयमा छलफल चलिरहेकाले छलफलपछि नीतिको टुङ्गो लाग्ने समेत उनले सम्मेलनमार्फत जानकारी गराए।  उनले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममा सार्वजनिक शिक्षा सबलीकरण दशक घोषणा गरिएकाले आफूहरुको ध्यान सामुदायिक विद्यालयको गुणस्तर सुधारमा हुने प्रतिबद्धता समेत व्यक्त गरे। हाल १०.२ प्रतिशत मात्र बजेट शिक्षामा परेकाले सोचे जति काम गर्न नसकिएको उनले बताए।
 

कमेन्ट लोड गर्नुस