कञ्चनपुरमा भारतीय जिप बरामद

२०८० माघ २२, ११:५७
कञ्चनपुरः कञ्चनपुरमा भारतीय नम्बरको जिप बरामद गरिएको छ।
बेदकोट नगरपालिका-५ घुर्सुवा खोलाबाट यूपी १४ बीएम ४७८६ नम्बरको भारतीय जिप आइतवार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले बताए।
बेवारीसे अवस्थामा फेला परेको १५ लाख मूल्य बराबरको उक्त जिप भन्सार कार्यालय गडुडाचौकी पठाइएको डीएसपी डाँगीले बताए।




कमेन्ट लोड गर्नुस