सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुई जिल्लाबाट भन्सार छलीका सामान बरामद

२०८० माघ २२, ०८:५३ खबर संवाददाता

धनगढीः दुई जिल्लाबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

कैलालीको धनगढी उपमहनगरपालिका १ पशुतिटोलबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका २७ हजार २ सय ८० मूल्यको  सुर्ती जन्य पर्दाथ, किराना लगायतका सामान र धनगढी उपमहनगरपालिका ३ चौराहबाट ६३ हजार ९ सय ५० मूल्यको प्याज, चिनी, चना, सुर्ति, बिडी, चकलेट, नरिवल, मिठाई, चियापत्ती, पेन्सिल लगायतका सामान कैलाली प्रहरीले बरामद गरेको छ।

यस्तै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका २ मायापुरीबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका १२ हजार मूल्यको बोईलर कुखुरा आइतवार दिउँसो प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी उक्त कुखुरा नष्ट गरेको कञ्चनपुर प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस