सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारले क्यान्सर रोगीहरुलाई दिँदै आएको आर्थिक सहायता रोका

। फोटो स्रोत ।
२०७६ वैशाख २९, ०२:१५ खबर संवाददाता

विगत ५ महिना देखि सरकारले क्यान्सर रोगीहरुलाई दिँदै आएको आर्थिक सहायता रोका गरिएकोे छ। बजेट अभावका कारणे ५ महिनादेखि क्यान्सर रोगीहरुलाई दिंदै आएको १ लाख रुपैयाँ आर्थिक सहायता  रोक्का गर्नुपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौधरीले जानकारी दिईन्। 

आइतबार काठमाण्डौंमा आयोजिना गरिएको ‘विश्व आँखा क्यान्सर सचेतना सप्ताह’ कार्यक्रममा हाललाई क्यान्सर रोगीहरुको सूचि तयार पार्ने काम पनि स्थगित गरेको बताउंदै उनले आँखाको क्यान्सर रोगको उपचारको लागि आगामी आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था गर्ने आश्वासन दिएकि छन्।

उनले भनिन्, क्यान्सरजस्ता जटिल रोगहरुको उपचारका लागि सरकारले कम्तीमा पनि ५ लाख आर्थिक सहायता उपलब्ध गराउने प्रयास गरिरहेको छ, आँखाको प्लाष्टिक शल्य चिकित्सासम्बन्धी नेपाली चिकित्सक समाजले तिलगंगा आँखा अस्पतालसँग सहकार्य गरेर सुरु गरेको कार्यक्रममा आँखाको क्यान्सर र त्यसको रोकथामका विषयमा विस्तृत जानकारी दिइने समेत जानकारी गराईन्। यो रोग विशेष गरि ५ वर्षमुनिका बालबालिकाहरुमा देखा पर्छ।

सो कार्यक्रममा बोल्दै तिलगंगा अस्पतालका संस्थापक एवम् कार्यकारी निर्देशक डा. सन्दुक रुइतले आँखाको क्यान्सर र त्यसको रोकथामका लागि आवश्यक सबै खालको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले आँखाको रोगको क्षेत्रमा अनुसन्धान गरिरहेको आँखाको प्लाष्टिक शल्य चिकित्सासम्बन्धी नेपाली चिकित्सक समाजलाई त्यस रोगबारे विस्तृत जानकारी समेटिएको सूचना अनलाइन सेवामार्फत सर्वसाधारणले हेर्ने व्यवस्था गर्न ध्यानाकर्षण गराए।  

कमेन्ट लोड गर्नुस