सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा अटो दुर्घटना हुँदा ६ जना घाइते

२०८० माघ २१, ०८:०२ खबर संवाददाता

डडेल्धुराः डडेल्धुरामा अटो रिक्सा दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

जिल्लाको अमरगढी नगरपालिका–८ कुकुल्लेकमा आज (आइतवार) बेलुकी १८ वर्षीय समिर भण्डारीले चलाएको सुदुरपश्चिम प्रदेश ६०६४ नम्बरको अटो दुर्घटना भएको हो। उक्त दुर्घटनामा परेर एक प्रहरी जवानसहित ६ जना घाइते भएका छन्।

घाइते हुनेमा प्रहरी चौकी पोखरामा कार्यरत प्रहरी जवान धर्मराज खत्री र १७ वर्षीय सिर्जना सार्की रहेको डडेल्धुराका प्रहरी प्रवक्ता कुसुम नायकले बताए। घाइते प्रहरी जवान खत्री र सिर्जना बाहेक अन्य चारजनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। तीव्र गतिमा रहेको अटो अनियन्त्रित भई दुर्घटना भएको हो।
 

कमेन्ट लोड गर्नुस