कञ्नपुरबाट डेढ लाख बढीको तस्करीको सामान बरामद
२०८० माघ २१, ०७:३७
कञ्नपुरः कञ्चनपुरबाट तस्करीको सामान बरामद गरिएको छ।
जिल्लाको भीमदत्त नगरपालिका–१० तिनताराबाट भन्सार छली ल्याएका अन्दाजी १ लाख ६८ हजार ४ सय मुल्य बराबरका लेडिज सुट, सुईटर, ज्याकेट, गंजि, फोटो फ्रेम, जुत्ता लगायतका सामानहरु आइतवार बिहान प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिएको सामान कारबाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाएको कञ्चनपुर प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस