धनगढीको एक सेण्डील उद्योगमा आगलागी

२०७६ वैशाख २९, ०१:५४
धनगढीको एक सेण्डील उद्योगमा आगलागी भएको छ। धनगढीको मिलनचोकमा रहेको थ्री स्टार सेण्डील उद्योगमा आगलागी भएको हो। आज बिहान ४ बजेतिर उद्योगमा आगलागी भएको प्रहरीले जनाएको छ। विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने अनुमान गरिएको छ। धनगढी उपमहानगरपालीकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिईएको थियो। आगलागीबाट उद्योगमा रहेको झण्डै ३५ लाख बराबरको समान जलेर नष्ट भएको सञ्चालक जगदिश जोशीले बताए।

कमेन्ट लोड गर्नुस