सुदूर नेपाललाई विश्वसँग जोड्दै

धादिङमा एमालेका नेताबिच कुटाकुट

२०८० माघ २१, ०४:४१ खबर संवाददाता

काठमाडौँः धादिङमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका कार्यकर्ताबिच कुटाकुट भएको छ।

जिल्ला अधिवेशनका क्रममा शनिवार राती कार्ययोजना प्रस्तुत गर्नेसम्बन्धमा विवाद हुँदा नेताहरुबिच कुटाकुट भएको थियो। विवाद बढ्दै जाँदा अधिवेशन सोमवारसम्मलाई स्थगित भएको छ। धादिङमा एमाले नेता खेम लोहनी र जिल्ला अध्यक्ष भूमि त्रिपाठी पक्षबीचको गुटगत विवाद कुटाकुटसम्म पुगेको पाइएको छ।

विवादलाई लिएर एमालेका बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेलले एउटा पक्षलाई जिताउने गरी लागेपछि अवस्था जटिल भएको धादिङस्थित एमालेका कार्यकर्ताहरूको भनाइ छ। धादिङमा लोहनी समूह एमाले अध्यक्ष आोलीको कट्टर समर्थक हुन भने त्रिपाठी एमालेको दशबुँदे पक्षधरका नेता हुन्।

महाधिवेशनको उक्त तिक्तताकै कारण जिल्ला अधिवेशनमा यस्तो माहोल सिर्जना भएको एमालेका जिल्ला नेताहरुले बताए। एमालेको जिल्ला अधिवेशनको विवाद पार्टी हेडक्वाटरमा पुगेपछि अध्यक्ष केपीशर्मा ओलीले प्रदेश अध्यक्ष ढुंगेलसहित ८ जना नेतालाई छलफलका लागि बोलाएका छन्।
 

कमेन्ट लोड गर्नुस