सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

२०७६ वैशाख २९, ०१:१० खबर संवाददाता

कैलालीमा १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। प्रहरीले जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ५ मा १४  वर्षीया बालिका बलात्कार गरेको आरोप अन्दाजी २५ वर्षीय युवालाई  पक्राउ गरिएको जनाएपनि नाम खुलाएको छैन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दक्ष बहादुर बस्नेतले अदालतबाट म्याद थप गरेपछि मात्र नाम सार्वजनिक गरिने बताए। घटना केही दिन पहिलेको भएपनि प्रहरीमा भने ढिलोगरी खबर आएको हो। यस्तै कैलालीको गोदावरी नगरपालिकामा ७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पनि थप एकजना पक्राउ परेका छन्। प्रहरीका अनुसार बलात्कार गरेको आरोपमा ५० वर्षीय पुरुषलाई पक्राउ गरिएको हो। 

कमेन्ट लोड गर्नुस