सुदूर नेपाललाई विश्वसँग जोड्दै

भालुको आक्रमणबाट डोटीमा एक महिला घाइते, धनगढी रिफर गरियो

२०८० माघ २१, १२:०५ खबर संवाददाता

डोटीः जंगलमा घाँस काट्दै गरेकी एक महिलालाई डोटीमा शनिबार दिउँसो भालुले आक्रमण गरी घाइते बनाएको छ।

शनिबार दिउँसो भालुको आक्रमणबाट आदर्श गाउँपालिका–२ कुचेडाकि २४ वर्षीया देउसरा बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी सिताराम विष्टले बताए। विष्टका अनुसार भालुको आक्रमणबाट बोहराको बायाँ हात, दाहिने खुट्टा र कम्मरमा चोट लागेको छ।

घाइते महिलालाई थप उपचारका लागि मौवा स्वास्थ्य चौकीबाट सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ। गत महिनामात्र केआईसिंह गाउँपालिकामा भालुको आक्रमणमा परी १ महिलाको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए।

कमेन्ट लोड गर्नुस