सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी नगर क्षेत्रमा निर्माण गरिएका नाली नै निकास विहिन

२०७६ वैशाख २९, १२:४८ रोशन भट्ट

धनगढी उप–महानगरपालिका क्षेत्रमा नयाँ निर्माण गरिएका सडक नालीको निकास नहुदा वर्षातको समयमा डुवान हुने खतरा बढेको छ। धनगढी बजार र आसपासका क्षेत्रमा नयाँ निर्माण तथा मर्मत गरिएका नालीको उचित निकास नहुदा वर्षातको समयमा डुवान हुने खतरा बढेको हो। उप–महानगरपालिकाको वडा नम्बर ६ मट्यारीमा हालसालै कालोपत्रे गरिएको सडकमा समेत नालीको व्यवस्थापन हुन सकेको छैन्।

लाखौँ रकम खर्च गरी निर्माण गरिएका सडकको उचित ढल निकासको व्यवस्था नहँुदा विकासले विकराल समस्या निम्त्याउने स्थानीय शिवराज जैशीले बताए। धनगढी क्षेत्रमा सडक निर्माणको कार्य उप–महानगरपालिका र शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यन्वयन इकाईले गरिरहेको छ। तर सडक निर्माण तथा मर्मतको कार्य सकिएपछि नियमनकारी निकाय नफर्किने गरेको गुनासो स्थानीयहरुको छ।

नालीमा जम्मा हुने फोहोरले प्रदुषण फैलिएर विभिन्न रोगको खतरा समेत बढेको स्थानीय राचन्द्र चौधरीले बताए। धनगढीमा निर्माण भएका नालीहरु अधिकासं अपुरा छन्। एउटै सडकमा पनि केहि क्षेत्रमा नाली बनाईएको छ भने केहि क्षेत्रमा नाली निर्माण नै गरिएको छैन्। यसले पानीको निकासमा समेत समस्या आउने देखिएको छ। सडकको नालीमा ढक्कन समेत नहुदा स्थानीयले घरबाट निस्केको फोहर नालीमै फाल्ने गरेका कारण झन प्रदुषण बढेको स्थानीय प्रकास शर्माले बताए। 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस