सुदूर नेपाललाई विश्वसँग जोड्दै

काँग्रेसका महामन्त्री गगन थापा कञ्चनपुर आउने

२०८० माघ २०, ०७:३६ खबर संवाददाता

धनगढीः ‘समुदायमा कांग्रेस’ अभियान अन्तर्गत नेपाली काँग्रेस पार्टीका महामन्त्री गगनकुमार थापा कञ्चनपुर आउने भएका छन्।

नेपाली कांग्रेसले माघ १६ गते देखि संचालन गरेको समुदायमा कांग्रेस अभियानका क्रममा महामन्त्री थापा माघ २७ गते कञ्चनपुर आउन लागेको नेपाली कांग्रे कञ्चनपुर जिल्ला समितिले जनाएको छ।

महामन्त्री थापा कञ्चनपुर पुग्ने बित्तिकै पुर्नवास स्थित सहिद गोबिन्द गौतमका परिवारलाई भेट्ने कार्यक्रम तय भएको छ। त्यसपछि बेलौरीमा खुल्ला सम्बाद कार्यक्रम गरि बेदकोटमा जनप्रतिनिधिसंग सम्वाद कार्यक्रम राखिएको नेपाली कांग्रेस कञ्चनपुरका सचिव भिमराज भट्टले बताए। 
 

कमेन्ट लोड गर्नुस