सुदूर नेपाललाई विश्वसँग जोड्दै

महेन्द्रनगरको खुला मञ्चबाट पार्किङ स्थलमा राखेको मोटरसाईकल चोरी

२०८० माघ २०, ११:५५ खबर संवाददाता

कञ्चनपुरः महेन्द्रनगरको खुला मञ्चबाट पार्किङ स्थलमा राखेको मोटरसाईकल चोरी भएके छ। महेन्द्रनगरको खुला मञ्चमा जारी तेस्रो मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताका स्थलको पार्किङ क्षेत्रबाट मोटरसाईकल चोरी भएको हो।

खेलमा व्यवस्थापकीय र मिडिया हेर्ने जिम्मा पाएका मिडिया संयोजक नवराज भट्टको शुक्रवार सेमिफाइनलको खेल चलिरहेका बेला खुला मञ्चको पार्किङ  स्थलबाट मोटरसाईकल चोरी भएको हो। खुला मञ्चमा पार्किङ गरी रोखेको म २ प ६२६१ नम्बरको प्लाटिना मोटरसाइकल चोरी भएको मोटरसाईकल धनी मिडिया संयोजक समेत रहेका जगन्नाथ पुस्तक पसलका सञ्चालक भट्टले बताए।

पार्किङ्गमा मोटरसाइकल राखेर भट्ट खेल स्थलमा व्यस्त रहेका थिए। खेल समापन पछि मोटरसाईकल स्थलमा जादा नभेटिए पछि चोरी भएको थाहा पाएको उनले बताए। चावी आफुसंगै रहेको तर मोटरसाईकल नपाएको भट्टले बताए। मोटरसाईकल चोरी भएको बारेमा प्रहरी र जिल्ला ट्रााफिक कार्यालयलाई जानकारी गराएको बताए।
 

कमेन्ट लोड गर्नुस